
अन्तरप्याब्सन नृत्यमा प्रतियोगितामा मनकामना बोर्डिङ प्रथम
अन्तर प्याब्सन लोकनृत्यमा प्रतियोगितामा मनकामना इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ । मंगलबार सम्पन्न जिल्ला स्तरी लोक नृत्य प्रतियोगितामा सो स्कुलले प्रथम स्थान हासिल गरेको हो ।
सो बोर्डिङले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, द ओल्डक्यापिटल सेकेडरी स्कुल रानीवन दोस्रो र पालुङटारको युनाइडेट बोडिङ स्कुल तेस्रो भएको छ । उनीहरुले क्रमश नगद रु सात हजार, पाँच हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
निजी तजा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(ब्याब्सन) गोरखाका अध्यक्ष कमल थापाको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष सिताराम तिवारी लगायतको उपस्थिति रहेको थियो ।




