| आइतवार, कार्तिक २२, २०८३

आफ्नो सडक स्तरोन्नति गर्ने पालिकाको अग्रसरता सह्रानीय

आफ्नो पालिकाभित्रका कच्ची सडकलाई स्तरोन्नति गर्ने सहिद लखन गाउँपालिकाको कदम ज्यादै सह्रानीय छ ।
अहिले टुक्रे योजना बनाएर बजेट सिध्याउने मनसुवा राख्ने प्रचलन बढिरहेका बेला सहिद लखनको यो कार्यक्रम ज्यादै प्रसंसनीय हो ।

सहिद लखन गाउँपालिकाले नाम्जुङदेखि हालका लागि खगीसम्मको कच्ची सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ । अक्सर पालिकाहरुले सडकको ट्रयाक खन्ने, मुस्किलले ग्राभेलसम्म गर्ने गरेकामा सो पालिकाले भने कालोपत्रे नै गरेको हो । अझै ताक्लुङदेखि मनकामनासम्मको सडक कालोपत्रे गर्ने काम पनि लगत्तै सुरु गर्नुपर्छ ।

जताततै डोजर लगाएर माकुराको जालोझै सडकको ट्रयाक खन्नुभन्दा खनिएका सडकलाई स्तरोन्नति गर्दै जानुपर्छ । सुरु गरेका कामलाई फत्ते गरेपछि मात्र नयाँ थालनी गर्नु उपयुक्त हुन्छ । जथाभावी सडक निर्माण गरेर भूधरातललाई जोखिम बनाउनु मात्र वुद्धिमानी होइन, बरु निर्माण सम्पन्न भएका सडकलाई स्तरोन्नति गर्दै जानु वुद्धिमानी हुन्छ । तसर्थ सहिद लखनले सुरु गरेको दीगो विकासका कार्यक्रम उदाहरणीय छन् ।

अब अरु पालिकाहरुले पनि टुक्रे कार्यक्रम गरेर बजेट सक्ने काम गर्नुहुदैन । बरु यसरी नै थोरै, तर गुणस्तरीय काम गर्दै अघि बढ्नु पर्छ । गतबर्षको चैत महिनामा प्रधानमन्त्री प्रचण्डले पन्थडिही, कटहरे, हर्मी सडकलाई कालोपत्रे गर्ने कामको आरम्भ गरेर गए । त्यसयताको झण्डै डेढबर्षको अवधिमा जम्मा ३५ प्रतिशत काम मात्र भइरहेको छ । त्यो भनेको कटिङ, टेवापर्खाल लगाउने, ग्रेडिङ, लेभलिङ गर्ने कामहरु केही सकिएका छन् ।

यस कामलाई तिब्रातीतिब्र गति दिएर कालोपत्रे गर्नु जरुरी हुन्छ । सडक स्तरोन्नति गरेर गोरखा धुलोरहित जिल्ला बनाउने प्रचण्ड आश्वासन जनमानसको कानमाचाहिँ गुञ्जिरहेको छ । तर कालोपत्रे हुने कामले भने गति लिन सकेको छैन ।
तसर्थ विकास गर्न संघ, प्रदेश र स्थानीय तहहरुले संयुक्त रुपमा पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्