| आइतवार, कार्तिक २२, २०८३

साइकल किन्न नविल बैंकले लोन दिने

नविल बैंकले साइकल किन्न लोन दिने भएको छ।

पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए।

त्रिपाठीकाअनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ।

यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।

साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ।

बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ।

यो योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठेरो हुनेहरुलाई सहज हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्