
प्रभु बैंक गोरखा शाखाद्वारा नगरपालिकालाई खाद्यान्न सहयोग
प्रभु बैंक गोरखा र छेवेटार शाखाले गोरखा नगरपालिकाको खाद्य बैंक मार्फत दैनिक गुजारा चलाउन समस्या भएकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । २५ बोरा चामल, चार प्याक तेल र चार बोरा दाल सहयोग गरेको बैंकका गोरखा शाखा प्रबन्धक सन्तोष अर्यालले बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंक रहेको स्थानीय तहका लागि उक्त सहयोग गरेको उनले जानकारी दिए । नगरप्रमुख राजनराज पन्तलाई प्रबन्धक अर्यालले आज नगरपालिका कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको बैंकले जनाएको छ ।
नगरप्रमुख राजनराज पन्तले सामुयिक रुपमा बस्दै आएकाहरुलाई दाताबाट उपलब्ध भएको खाद्यान्न नगरपालिकाले बितरण गरेको बताए ।‘नगरभित्र गुजारा गर्न समस्या भएका परिवारलाई नगरपालिकाले पहिलो चरण राहत बितरण गरिसक्यो’ उनले भने ‘दाताहरुबाट आएका राहत सामुयिक रुपमा बसेकाहरुलाई बितरण हुन्छ ।’




