| शनिबार, असार २७, २०७७

सिद्धिगणेश सहकारीमा मोबाइल वैंकिङ सेवा सुरु

गोरखा सदरमुकामको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले मोबाइल वैंकिङ सेवा सुरु गरेको छ । संस्थाले नवौँ स्थापना दिबसको अवसर पारेर एक अर्को सदस्यले मोवाईल बैङकिङबाटै खातामा रकम ट्रान्सर्फर गर्न मिल्ने सुविधा सुरु गरेको ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
सहकारीले अबको दुई सातापछि पानीको बिल, बिजुली बत्तीको बिल पनि मोबाइलबाटै तिर्न मिल्ने गरी सेवा सुरु गर्ने तयारी गरेको आइतबार आयोजित पत्रकार ंसम्मेलनमा व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर संचालनमा रहेको श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबार नवौँ स्थापना दिबस मनाएको थियो । सो संस्थाले नवौं स्थापना दिवसको अवसर पारेर जिल्लाकै सबैभन्दा जेठो विद्यालय शक्ति माध्यामिक विद्यालयलाई २२ हजार रुपैयाँ बरावरको पानी छान्ने फिल्टर प्रदान गरेको थियो । साथै स्थापना दिबसको अवसरमा संस्थाका कर्मचारी मुनु जोशी लाई सम्मान गरेको छ । त्यस्तै शेयर सदस्यहरु मध्येबाट गत वर्षको एसईईमा उत्कृष्ठ अंक ल्याउने रामहरी केसी र दुर्गा केसीकी छोरी रोशिका केसीलाई सम्मान गरिएको ब्यवस्थाक श्रेष्ठले बताए ।
२०६७ सालमा २७ जना शेयर सदस्यबाट सेवा सुरु गरेको सहकारीमा अहिले एक हजार तीन जना सदस्य रहेका छन् । संस्थामा हाल करिब १८ करोड पुँजी रहेको सहकारीले जनाएको छ ।
सहकारी संस्थाका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोईरालाको प्रमुख आथित्यतामा स्थापना दिवस कार्यक्रम भएको हो । सो अवसरमा आयोजित कार्यक्रममा नगरपालिका भित्रका अन्य सहकारीका संस्थाका अध्यक्षहरु पनि सहभागी थिए । सहभागीहरुले मर्जरको अवधारणा सहकारीमा पनि लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्