| आइतवार, कार्तिक ३, २०७६

मृगौला पीडित पम्फालाई महिला उद्यमीको सहयोग

गोरखा नगरपालिका ३ नारेश्वरकी दुवै मृगौला पिडीत पम्फा श्रेष्ठको उपचारका लागि गोरखाका महिला उद्यमीहरुले आर्थिक सहयोग गरेका छन् । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी समितिले आठौं स्थापना दिवसको अबसरमा मृगौला पिडीत श्रेष्ठलाई नगद दश हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । संघको सभाहल छहरेमा आयोजित कार्यक्रममा महिला उद्यमी विकास समितिकी अध्यक्ष रीता रेग्मीले श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको थप उपचारका लागि करीब ६० लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन् । तर आर्थिक अबस्था कमजोर भएकाले उहाँको उपचारका लागि समस्या भएको परीवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्