| आइतवार, कार्तिक २२, २०८३

मन्त्री बस्नेतद्वारा नारेश्वरको सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

गोरखा नगरपालिका ३ नारेश्वरको घलाङमा शहरी स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
भवनको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
असल छिमेकी नेपालले ४६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । छ कोठे भवनका लागि आबश्यक फर्निचर, औषधि पनि संस्थाले हस्तान्तरण गरेको असल छिमेकी नेपालका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
संस्थाले स्वास्थ्य केन्द्र वरीपरी तारबार पनि गरेको छ ।
निर्माण सुरु गरेको पाँच महिनामा तयार भएको भवन स्थानीय समुदायलाई हस्तान्तरण पनि गरिएको छ ।
वडाअध्यक्ष रामबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेत, गोरखा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याल, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारी, स्वास्थ्य कार्यालयका नानीबाबु दानी, नारेश्वर स्वास्थ्य चौकी इन्चार्ज कृष्ण भट्ट, नेकपा जिल्ला कमिटि सदस्य यादव बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्