| बिहिबार, मंसिर १०, २०८३

भारतको स्वतन्त्रता दिवसमा श्रीनगरमा ७५०० वर्ग फुटको राष्ट्रिय झण्डा प्रदर्शन


भारतको पर्यटन मन्त्रालयले श्रीनगरको डल तालमा ७५०० बर्गफिटको राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ ।

भारतको ७५ औँ स्वतन्त्रता दिवस तथा आजादीका अमृत महोत्सवको अवसर पारेर आयोजित हर घर तिरंगा अभियान अन्तर्गत मन्त्रालयले ७५ सय बर्ग फिटको तिरंगा प्रदर्शन गरेको हो ।

श्रीनगरको द इन्स्टिच्यूट अफ होटल मेनेजमेन्ट र हिमालयन माउण्टेनियरिङको संयुक्त तत्वावधानमा झण्डा प्रदर्शन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


कार्यक्रममा जम्मु र कास्मीरका लेफ्टिनेण्ट गभर्नर मनोज सिन्हा प्रमुख अतिथि थिए ।
यसअघि सो झण्डा दार्जिलिङमा पनि प्रदर्शन गरिएको थियो ।


भारतले सोमबार ७६ औँ स्वतन्त्रता दिवस मनाएको थियो । स्वतन्त्रता दिवसको अवसरमा सञ्चालन गरिएको हरघर तिरंगा अभियान अन्तर्गत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लालकिल्लामा पनि झण्डा पहराएका थिए ।

प्रतिक्रिया दिनुहोस्