
अल्जेरियामा विमान दुर्घटना, कम्तिमा सयकाे मृत्यु
अल्जेरियामा एक सैन्य विमान दुर्घटना हुँदा कैँयौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ। अल्जेरियाको सरकारी रेडियोले एक सयभन्दा बढी मानिस मारिएको बताएको समाचार संस्था एपीले जनाएको छ।
अल्जेरियाको बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
केही रिपोर्टहरुमा विमानमा करिब २ सय सैनिक सवार रहेको बताइएको छ।
इल्युसिन आइआइ–७८ विमान दुर्घटनापछि धुवाँको मुस्लो उडेको तस्वीर अल्जेरियाली सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्। थप विवरण आउन बाँकी छ।
सो विमान दक्षिण–पश्चिमी अल्जेरियाको बेचारतर्फ उडेको थियो।
अल्जेरियाको उत्तरी भागमा रहेको बुफारिक राजधानी अल्जियर्सबाट करिब ३० किलोमिटर टाढा भूमध्यसागर नजिकै पर्दछ। एजेन्सी