| शुक्रबार, अशोज २९, २०८३

गोरखा नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी कसुरमा पक्राउ

गोरखा नगरपालिका ३ नारेश्वरका प्रवीण तिवारी वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ गरेको छ ।
मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित उनै तिवारी र अरु दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले खड्का र उनका तीन सहयोगीलाई पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो । पक्राउ पर्ने अन्यमा भक्तपुरका रवीन्द्र केसी र सर्लाहीका रामपुकार तिवारी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र तथा पीडितको उजुरीका आधारमा चारजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए । मलेसिया रोजगारीमा जाने कामदारलाई म्याक्रोटेक प्रालिको नाममा थप शुल्क लिएर ठगी हुँदै आएको छ । गैरकानुनी रुपमा त्यसरी शुल्क असुल्दै आएकाले त्यसमा विस्तृत छानबिन हुन लागेको सिआयबीे जनाएको छ । सो कम्पनीले सरकारले तोकेभन्दा धेरै शुल्क असुल्दै आएको थियो । यसमा म्याक्रोटेकमा आबद्ध स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू पनि तानिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्