
सिरानचोक जौवारीमा प्रहरीको सार्वजनिक सुनुवाई सम्पन्न
दरौंदी ः गोरखाको सिरानचोक गाउपालीकाको जौवारीमा नेपाल प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यालय जौबारी परिसरमा भएको कार्यक्रममा सहभागीहरुको राखेका प्रश्न जिज्ञासा तथा गुनासोबारे एस पि विमल बस्नेतले आफ्नो भनाई राखेका थिए । जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल लगायतले मन्तब्य राखेका कार्यक्रममा स्थानिय राजनैतिक दलकाप्रतिनिधी,समाजसेवी,बुद्दिजिवी, जनप्रतिनिधी, आमा समुह, मानव अधिकारकर्मी,पुर्व प्रहरी संगठनका प्रतिनिधि ,अन्य गैह्र संघ संस्थाका प्रतिनिधि,लगायतको सहभागिता थियो । े




