कलाकारले मागे, बलात्कारीलाई फा“सी
दरौंदी ः कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या लगायतका देशमा श्रृङ्खलावद्ध यस्ता घटना हुन थालेपछि गायक कलाकारले पनि यस्ता घटनाको बिरोधमा सांगीतिक बजार तताएका छन् ।
गोरखाको तान्द्राङ घर भएका कलाकार लामिछानेले हालै बजारमा ल्याएका ‘बला त्कारीलाई फाँसी दे’ बोलको एल्बम यसको एउटा नमूना हो ।
‘चाहिएन भो, पानीजहाज, चाहिएन भो रेल, हाम्रा चेली असुरक्षित हुन्छन् कतिन्जेल’, ‘हाम्रो देशमा हिजो आज के के हुन ला’को छ, दिनैपिच्छे बलात्कारको घटना भा’को छ’ जस्ता जनमन छुने खालको शव्दहरु यस गीतमा छन् । लामिछानेको शव्दमा रचिएको सो गीतमा उनै लामिछाने र अर्की चर्चित गायिका सर्मिला गुरुङको स्वर छ । आशिष म्युजिक प्रालिले सो गीत बजारमा ल्याएको हो ।




