| मङ्लबार, अशोज ५, २०८३

“रास्ट्रपति ज्यु, निर्मला पन्तको आमाको ठाउमा तपाइ हुनु भएको भए के गर्नु हुन्थ्यो ?”

 

बर्षा ढकाल :
दिन प्रतिदिन महिला प्रती हुने हिंसा देख्दा देख्दै पनि जान्दा जान्दै सम्बन्धित निकाए सधै मौन बसिराख्दा अचम्म लाग्छ। घटना कंचनपुर कि बहिनी।निर्मला पन्त को साथी को घर मा गृहकार्य गर्न गएकी १३ बर्सिय निर्मला पन्त आइ बिभिन्न चरम यातनाका साथ बलात्कार गरि हत्या गरिएको छ।१३ बर्सिय किशोरी जसले म एउटा नारि हो भन्ने आफ्नो पहिचान जान्न नपाउदै उसको पहिचान गुमाएर हत्या छ।सम्बन्धित निकाए कति दिन सम्म काम मा तेल हालेर बस्ने?किन न्याय पाउदिनन निर्मला पन्त को आत्मा ले?किन कारबाही गरिदैन  ।बलत्कारीलाइ सर्बसाधरण निर्मला पन्त को हत्यारा लाइ कारबाही गर भनेर सान्तिपुण आन्दोलन गरिरहदा १४ बर्स को बालक को हत्या हुन पुग्यो।प्रशासन ले गोलि बर्साउन बाहेक केहि जानेन,बलत्कारी को माग गरिरहदा मानसिक सन्तुलन ठिक नभएको पुरुस लाइ झुटो आरोप सहित अपराधी बनाइन्छ,रातारात नक्कली बलत्कारी खोजिन्छ ।

देश को सर्बोच्च पद मा हुनु भएको रास्ट्रपति ज्यु पनि महिला नै हुनु हुन्छ किन कारबाही को पहल चाल्न लगाउनु हुन्न?यदि महिला अत्याचार को विरुद्ध तपाइ बोल्न सक्नु हुन्न भने मुर्ती जस्तो बसेर पद ओगट्नु कति पनि उपयुक्त हुदैन।।यदि तपाइ पनि एउटा आमा हो यदि निर्मला पन्त को आमा को ठाउ मा तपाइ हुनु भएको भए तपाइ ले चाल्ने पहन के???

जनता को छोरा छोरी लाइ पिडा पर्दा कान मा तेल हालेर बस्ने नेतृत्व बाट नै हामी सुरक्षित छैनौ। यस्ता महिला प्रती हुने अत्याचार को विरुद्ध आबाज उठाउन र कारबाही गर्न नसक्ने प्रसासन र सम्बन्धित निकाए आफै मा एक बलकारी हो भने बुज्ने भैसके अब नेपाली जनता ले।कुनै दिन तपाइ का आफन्त र छोरी चेली बलात्कार को सिकार हुदा तपाइ को प्रतिकृया देख्दा सारा नेपाली यसरी नै बेवास्ता गरेर बस्ने दिन अनाउला भन्न सकिन्न जुन ब्यबहार अहिले तपाइ हरु ले हामी नारी माथी गरिराख्नु भकोछ।।समय मा ध्यान गएन भने तपाइ हरु को छोरी चेली पनि।बलात्कार को सिकार हुन पुग्ने छन।।

प्रतिक्रिया दिनुहोस्