
प्रहरी कुट्ने दुई जना विरुद्ध मुद्धा दर्ता
दरौँदी ः इलाका प्रहरी कार्यालय पालुङ्टारका प्रहरीलाई हातपात गर्ने उच्छृङ्खल यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मंगलबार पालुंटार नगरपालिका ५ स्थित सार्वजनिक स्थानमा होहल्ला गरिरहेका स्थानीय २८ वर्षका खुसी भनिने विकास तामाङ, सोही ठाउँका २४ वर्षका धनकुमार गुरुङलाई हल्ला नगर्न सुझाब दिएका प्रहरीलाई हातपात गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए ।उनीहरुलाई बुधबार पक्राउ गरी सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको बस्नेतले जानकारी दिए




