| शनिबार, जेष्ठ ४, २०८२

कुलेश्वरमा जुवा खेलिरहेको अवस्थामा ७ महिलासहित १७ जना पक्राउ

काठमाडौं, १९ चैत–जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित पक्राउ गरेको छ ।

आइतबार काठमाडौं कुलेश्वर हाइट स्थित अजय कुमार शाहको घरमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

खालबाट नगद १ लाख ७६ हजार नगद र सात बुक तास नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १० जना पुरुष, ७ जना महिला रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्