| आइतवार, कार्तिक २२, २०८३

बरादी बस दुर्घटनामा ४ को मृत्यू

दरौंदी ः गोरखाबाट पौवाटार जाँदै गरेको यात्रुबाहक बस, जीप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा आबुखैरेनी १ बरादीमा चार जनाको मृत्यु भएको छ । मंगलबार दिउसो भएको सो दुर्घटनामा घाइते भएका ७ मध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तनहूँका डिएसपी सुनिल मल्लका अनुसार आबु खैरेनी ४ निबासी दिलबहादुर थापा, कुश्मा ९ की ३ वर्षीया ममता लामिछाने, कमल लामिछाने र आबुखैरेनी गाउँ पालिकाका नुनबहादुर खवासको मृत्यु भएको हो । पर्वत कुश्माका पर्वती लामिछाने, गुरुदत्त तिवारी, चितवन भरतपुरका सरु पाठक घाइते छन् । गोरखाबाट डुम्रे हुदै पौवाटार जादै गरेको ग १ ख ३०७३ नम्बरको बस विपरीत दिशाबाट आएको बा १७ च १८१४ नम्बरको भ्यान र मुग्लिनबाट डुम्रे जाँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्