| सोमवार, कार्तिक २३, २०८३

निषेधित क्षेत्रमा हिँडिरहेका एक चिनियाँ नागरिक किमाथाङ्काबाट पक्राउ

सङ्खुवासभाको उत्तरी क्षेत्र, चीनसँगको सीमावर्ती नाका किमाथाङ्काबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । 

निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय पुरुषलाई आज शुत्ररवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी जीवनकुमा गौतमले जानकारी दिनुभयो । 

उनको साथमा राहदानी भेदिएको र उनीमाथि थप अनुसन्धान गर्न अध्यागमन विभाग काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्