| आइतवार, कार्तिक २२, २०८३

बस दुर्घटनामा ११ जना घाइते

दरौंदी ः पालुङ्टार नगरपालिका ७ बिरुवाटारमा सोमबार अपरान्ह बस पल्टेर दुर्घटना भएको छ । डुम्रेबाट गाईखुर जाँदै गरेको ग १ ख ४१३७ नंबरको बस साँढे चारबजेतिर भएको दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् ।
घाइतेमध्य एकजनाको हात भाँचिएको, दुईजनाको टाउकोमा चोट लागेको छ । सख्त घाइते भएका दुईजनालाई उपचार गर्न पोखरा लगिएको । प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्