
सुन तस्करबारे अनुसन्धान गर्ने टोलीको म्याद थपियो
सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएको छ।
बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।
चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो।
शुरूमा सरकारले दिएको ४५ दिनको समय अपर्याप्त भएपछि पुनः म्याद थपिएको हो।




