
गोरखामा विक्रि गर्न सञ्जिवनीले अनुमति पायो, छिम्केश्वरीले अझै पाएन
दरौँदी ः गोरखामा बिक्री बितरण गर्न रोक लगाईएको सञ्जिवनी ब्राण्डको पानीले बिक्री बितरणमा अनुमति पाएको छ ।
गुणस्तर तथा नापतौल विभागले सो पानीको गुणस्तर नापजाँच गरी पिउनयोग्य भनेर सिफारिस गरेपछि बिक्रि वितरण गर्न खुल्ला गएिको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए । गुणस्तर मापन गरी शुद्धता भएको प्रमाणित भएपछि जिल्ला फेरी बिक्री वितरण गर्न अनुमती दिएको प्रजिअ भट्टराईले बताए ।
‘प्रशासनले केही दिनअघि मात्रै पानी पुन बेच्न अनुमति दिएको हो’ उनले भने ‘सञ्जिवनीले पुन गुणस्तर मापन गरी पानी शुद्ध भएको प्रमाणित गरेको छ । त्यसैले हामीले त्यस पानीलाई बिक्री बितरण गर्न अनुमती दिएका हौँ ।’ सञ्जिवनी ब्राण्डको पानी पुन बेच्न अनुमती दिएपनि छिम्केश्वरी ब्राण्डले भने अझै अनुमति पाएको छैन ।
केही हप्ता अघि मात्रै कृति वेभरेज इण्डस्टिूजले उत्प्पादन गरेको छिम्केश्वरीे पानी र सुरज मिनरल वाटरले उत्पादन सञ्जिवनी पानीे प्रदुषित भेटिएपछि विक्रि वितरणमा रोक लगाइएको थियो ।




