
किन लगे बिदेशीले अनुसन्धानका नाममा शेर्पाको रगत ?
नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरुको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।
शेर्पा समुदायको जीन अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरुको रगत लैजाने गरेका हुन् ।
हिमाली भेगका शेर्पा फरक फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।
संघ संस्थाहरुले रगत लैजाने क्रम बढेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले कडाइ गरेको छ । नयाँ पत्रिकाबाट




