
गैरकानूनी रुपमा लुकिछिपी बसेका चिनियाँ नागरिक चितवनबाट पक्राउ
भिसा सकिएर पनि गैरकानूनी रुपमा चितवनको सौराहामा लुकिछिपी बसेका एक चिनिया नागरिकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
उनलाई चितवन प्रहरीले पक्राउ गरी अध्यागमन विभाग पठाएको जानकारी दिएको छ ।
पिपुल रिपब्लिक चाइना लेखिएको पासपोर्टमा हुवाङ सिक्युन नाम उल्लेख भएका ५१ बर्षिय पुरुषलाई सौराहाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




