| आइतवार, कार्तिक २२, २०८३

गोरेले भनेका सुन तस्करीका नाइके एसएसपी खत्री अदालतमा

गोरेले भनेका सुन तस्करीका नाइके एसएसपी खत्री अदालतमा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका छन्।बिहान साढे १० बजे खत्रीका कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका हुन्। अदालतको नियन्त्रणमा रहेका खत्रीसँग आज बयान लिने तयारी छ।

सुन तस्करीको अनुसन्धान गर्न बनेको टोलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाइ पत्राचार गरेपिछ उनी फरार थिए। वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेको थियो। प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो।

२०७४ चैत १३ गतेदेखि २०७५ वैशाख १२ गतेसम्म विदामा बसेका एसएसपी श्यामबहादुर खत्री पक्राउ पर्ने त्रासले त्यसयता फरार भएका थिए।

सुन तस्कर गोरेले अदालतको बयानमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा खटिँदा खत्रीले सुन भित्र्याउन भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्