| आइतवार, कार्तिक २२, २०८३

गोरे

किन गरे, गोरेले प्रहरीका उच्च अधिकारीसँग गोप्य भेट ?

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे० अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका भनिएका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बुधवारदेखि मोरङ जिल्ला अदालतमा उनको बयान लिइँदैछ ।

२०६९ सालदेखि संगठित रूपमै सुन तस्करीमा लागेका भनिएका गोरे गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको साढे ३३ किलो सुन हराएपछि आफूसँगै काम गर्ने सनम शाक्यको ‘हत्या गरी’ फरार भएका थिए ।

विभिन्न व्यापारीको लगानीमा तस्करी गरी ल्याइएको सुन हराएको प्रचार भएपछि गोरेले आफूसँगै काम गर्ने व्यक्तिलाई यातना दिएर सुन खोज्ने नाटक गरेका थिए । यातनाकै क्रममा फागुन १८ गते सनमको मृत्यु भएपछि सुन प्रकरण सार्वजनिक भयो ।

फागुन १९ गते मोरङ उर्लाबारीको जंगलमा सनमको शव फेला पर्दा गोरे भारत छिरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्