
स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाईते
स्कुल बस दुर्घटना हुँदा दाङमा एक विद्यार्थीको मृत्यु भएको छ । दुई दर्जन विद्यार्थी घाईते भएका छन् । तुलसीपुर स्थित ज्ञानदिप कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा उक्त कलेजमा ११ कक्षामा अध्ययनरत १८ वर्षीया सम्झना केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
केसीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गाउँ गएको उक्त बस विद्यार्थी लिएर फर्कदै गर्दा तुलसीपुर १५ सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन् । दुर्घटनामा परि घाईते भएका २२ विद्यार्थी मध्य ५ जनाको अवस्था गम्भिर छ । गम्भिर घाईतेहरुलाई कोहलपुर रेफर गरिएको छ ।
प्रहरी निरीक्षक शर्माका अनुसार बस सडकमै पल्टिएको छ । चालक सम्पर्कमा आईनसकेका कारण दुर्घटनाको एकिन कारण खुल्न नसकेको उनले बताए ।




