
सुन प्रकरणमा ः अदातलमै चर्काचर्की
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डको थुनछेक बहसका क्रममा शुक्रबार इजलासमै तनाव भएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा वादी सरकारी वकिलहरुले इजलासमा प्रस्तुत गरेको सुन तस्करी र सनम हत्यासँग जोडिएको भिडियो रेकर्डको प्रमाणका विषयलाई लिएर इजलासको अवस्था तनावपूर्ण बनेको हो।
सरकारी वकिलहरुको बहस सौहार्दपूर्ण रुपमा सकियो। तर, प्रतिरक्षामा उत्रने तयारी गरिरहेका प्रतिवादीका कानुन व्यवसायीले प्रमाण हेर्न अस्वीकार गरेपछि इजालसमै तनाव भएको थियो।