| शनिबार, भदौ ७, २०७६

वडा अध्यक्षले बासु थापाले सार्वजनिक स्थलको बालुवा दोहन गरेको आरोप

भीमसेन थापा गाउँपालिका ८ का वडा अध्यक्ष बासु थापाले सार्वजनिक स्थलमा रहेको बालुवा दोहन गरेको स्थानीयले आरोप लगाएका छन् । थापाले स्थानीय राङ्दी दोभानको सार्वजनिक जग्गाबाट अबैध रुपमा वालुवा उत्खनन् गर्ने गरेको स्थानीयले आरोप लगाएका हुन् ।थापाले वालुवा अबैध रुपमा सप्लाई गर्ने गरेको भन्दै केही स्थानीयले मंगलबार जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराइसकेका जनाएका छन् । ‘वडा अध्यक्ष जस्तो मान्छेले सार्वजनिक सम्पतिलाई यसरी हेलचक्राईँ गर्न भएननी’ बोर्लाङका एक ब्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा भने ‘दिनरातै डोजर लगाएर वालुवा निकालेको छ । भण्डारण गरेको छ । न नयाँ ठेक्का लागेको छ, वडा अध्यक्षले जबरजस्ती कानुनलाई पेलेर उत्खनन गर्न भएन ।’

प्रतिक्रिया दिनुहोस्