
तनहुँमा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यू
तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । अन्य १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । तनहुँ नजिक दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।




