| बिहिबार, बैशाख ६, २०८१

चोरीको अभियोगमा दुईजना भारतीय महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले चोरीको अभियोगमा दुईजना भारतीय महिलालाई पक्राउ गरेको छ । बसमा यात्राका क्रममा गोरखा नगरपालिका तेह्रकिलोकी ७५ बर्षीय पनिमाया गुरुङको झोलाबाट बिस हजार रुपैयाँ चोरेका भारत मुजफ्फरपुरका ३० बर्षीय उषादेवी पासी र चन्द्रमुखी पासीलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत गोरखाबाट म्याद थप गरेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चाडबाडको समयमा सवारी साधनमा हुने भिडभाडको मौका छोपी पकेटमारी हुन सक्ने भएकाले सचेत रहन पनि कार्यालयले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्