
पोखराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटनामा
पोखराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गको दुलेगौंडा खण्डमा माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ना १ ख २९७० नं। माइक्रो बस दुर्घटना हुँदा माइक्रोका चालक गोरखा आरुघाट गाउँपालिका ३ निवासी ३६ वर्षीय धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।




