| आइतवार, कार्तिक २२, २०८३

विप्लव नेतृत्वका नेकपाका गोरखा इञ्चार्ज र सेक्रेटरी रिहा लगत्तै फेरि पक्राउ

बिप्लब नेतृत्वको नेकपाका गोरखा जिल्ला इञ्चार्ज र सेक्रेटरी रिहाई भएलगत्तै फेरि पक्राउ परेका छन् ।
कास्की कारागारमा रहेका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई जिल्ला प्रसासन कार्यालय, कास्की र उच्च अदालतले बिहिबार सफाई दिएपनि कारागार गेटबाट प्रहरीले पुनः पक्राउ गरेको हो । कारागार परिसरबाट बाहिरिने बित्तिकै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । उनीहरुलाई कास्की प्रहरीले स्याङ्गजा कारागारतर्फ लगेको अधिकारकर्मीहरुले बताएका छन्

प्रतिक्रिया दिनुहोस्