| आइतवार, कार्तिक २२, २०८३

बिलबुक किर्ते गर्ने काभ्रेका निमा गोरखामा पक्राउ

बिलबुक नविकरण गर्दा किर्ते गरेको भन्दै निमा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ३ का लामालाई महानगरिय प्रहरी वृत्त कमल पोखरीबाट पक्राउ गरिएको हो ।
गत जेठमा गोरखा नगरपालिका ६ कालिमाटीमा सवारी चेकजाँचका क्रममा बा २ च १०३० नं को जीपको सवारीदर्ता किताब नविकरणमा किर्ते गरेको पाईएको थियो । किर्तिपुर नगरपालिका वडा नं ४ दुधपोखरी घर भएका चालक हरीहर खत्रीलाई प्रहरीले त्यहिबेला नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । अनुसन्धानका क्रममा खत्रीले किर्तेमा लामा पनि संलग्न रहेको बताएपछि प्रहरीले उनको खोजि गरेको थियो ।
मंगलबार काठमाण्डौमा पक्राउ परेका लामालाई बुधबार गोरखा ल्याएर जिल्ला अदालतमा पेश गरेको प्रहरी निरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्