| आइतवार, कार्तिक २२, २०८३

पानी पिउने निहुँमा आठ वर्षीया बालिकालाई बलात्कार

कोठामा बन्धक बनाइ युवतीको बलात्कार

ललितपुर । ललितपुरमा एक युवाले युवतीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

१७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो ।

युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको छ ।

कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

आरोपित युवाको स्थायी घर काभ्रेको पाँचखाल भएपनि महालक्ष्मी नगरपालिकाको चाँगाथली बस्दै आएका थिए । आरोपित अधिकारी असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ परेका हुन् । पाँच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्