
विप्लवका किसान नेता पक्राऊ
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गोरखाका किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राऊ गरेको छ । बुधबारराति ११ वजेतिर शहिद लखन गाऊँपालीका वडा नम्वर ४ को राइनासबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही ठाउँ स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएका जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । पन्तलाई बिहिबार राजद्रोह कसूरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको रावलले जानकारी दिए । सरकारले विप्लब नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले सो पार्टीका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।




