| आइतवार, कार्तिक २२, २०८३

गोरखामा छ महिनायता मानवअधिकार उल्लंघनका २६ घटना प्रहरीमा दर्ता

गोरखामा बिगत छ महिनायता मानव अधिकार उल्लंघन तथा ज्यादतिका २६ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको अभिलेख अनुसार गत पुस १५ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका २६ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यबहारका घटना धेरै रहेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० का लागि संकलित घटना सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि हरिराम उप्रेतीले जानकारी दिए । उनका अनुसार बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यबहारका घटना १२ घटना अभिलेख भएका छन् ।
छ महिनाको अबधिमा जिल्ला प्रहरी कार्यालयमा १० वटा बहुविवाहका मुद्धा दर्ता भएको उनले जानकारी दिए । यो अबधिमा राज्यपक्ष र गैह्रराज्यपक्षबाट दुई(दुई वटा नागरिक तथा राजनीतिक अधिकार हननका घटना भएको इन्सेक जिल्ला प्रतिनिधि उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्