
मनास्लु पदमार्गमा भिरबाट खसेर एक रसियन नागरिकको मृत्यु
गोरखाको मनास्लु पदमार्गमा भिरबाट खसेर एक रसियन नागरिकको मृत्यु भएको छ । मंगलबार चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर रसियाका ६४ वर्षका जेटसेभ एलेक्सएण्डरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए । एसिया जर्नी एक्सक्लुसिभ नामक ट्रेकिङ एजेन्सीबाट चुम भ्याली घुमेर फर्कने क्रममा उनी भिरबाट लडेका हुन् ।




