| आइतवार, कार्तिक २२, २०८३

नौ किलो चरेससहित दुई पक्राउ

दक्षिणी धादिङको गजुरी गाउँपालिका ५ देउरालीबाट नौ किलो चरेससहित दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यलय धादिङ र इलाका प्रहरी कार्यलय गजुरीको संयुक्त टोलीले बेनिघाट रोराङ गाउँपालिका१ सुन्दरनागी बस्ने मनिष लामा र सोही ठाउँका विकाश तामाङलाई पक्राउ गरेको हो।

चेकजाँचका आधारमा एउटै मोटरसाइकलमा सवार दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनीहरु बा २५ प ५२९३ नम्बरको मोटरसाइकलमा सवार थिए।

प्रतिक्रिया दिनुहोस्