
फिफा वरीयतामा नेपाल एक सय ६१ औं स्थानमा
दरौंदी ः विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले एक स्थान सुधारेको छ। फिफाले सार्वजनिक गरेको डिसेम्बर महिनाको वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ। नेपाल गत महिना १ सय ६२ औं स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्टूहरूमा भने नेपाल तेस्रो स्थानमा छ भने भुटान, बंगलादेश र पाकिस्तान नेपालभन्दा पछाडि छन्। नयाँ वरीयतामा भारत ९७ औँ स्थानमा रहँदा नेपाल १ सय ६१ औँ, माल्दिभ्स १ सय ५२ औँ तथा श्रीलंका २ सय १ स्थानमा यथावत छ। भुटान, १ सय ८६, बंगलादेश १ सय ९२ र पाकिस्तान १ सय ९९ औं स्थानमा यथावत छन्। फिफा वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ।




