
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट
दरौंदी ः आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता मा सहभागिता हुनका लागि गोरखाबाट खेलाडी छनौट गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति गोरखाले विभीन्न विधाका एक सय २७ खेलाडी छनौट गरेको हो । गोरखा सदरमुकामको खेलकूद मैदानमा खुल्ला प्रतियोगिता आयोजना गरी खेलाडी छनौट गरेको समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । जसअन्तरगत फुटवलमा १६ , क्रिकेटमा १० र खो–खोमा १२ पुरुष छनौट भएका छन् । भलिवल तर्फ महिला र पुरुषको १०÷१० जनाको टिम छनौट भएको छ । एथ्लेटिक्स तर्फ आठ÷आठ जना र भारत्तोलनमा एक÷एक जना महिला पुरुष खेलाडी छनौट भएका छन् ।
ब्याडमिन्टनमा तीन पुरुष र दुई महिला, तेकान्दोमा आठ ÷आठ जना महिला पुरुष, करातेमा दश÷दश जना महिला पुरुष र जुडोमा तीन–तीन जना महिला पुरुष खेलाडी छनौट भएका उपाध्यक्ष बस्नेतले बताए ।




