
सिर्दिबास सल्लेरीमा खेलकुद प्रतियोगिता हुने
दरौंदी : चुमनुब्री ३ सल्लेरीमा बिगतको बर्षहरुमा झैं पुस १ गतेदेखि तीन दिने खेलकुद प्रतियोगिता हुने भएको छ । स्थानीय जूनतारा युवाक्लवको आयोजनामा भलिबल प्रतियोगिता, डोरीतानी प्रतियोगिता, छेलो लगायतका प्रतियोगिता हुने स्थानीय गणेश कार्कीले जानकारी दिए ।
भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कारको व्यबस्था गरिने कार्कीले जानकारी दिए । त्यस्तै कार्यक्रममा नाचगान प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई १५ हजार, १० र पाँच हजार रुपैयाँ पुरस्कार दिइने उनले बताए ।
प्रतियोगितामा भाग लिन साबिक सिर्दिबास गाविसका बिभिन्न गाउँहरु, उहिया, केरौंजा र प्रोक गाविसका गाउँहरुबाट समेत आउने आयोजकले जनाएको छ ।




