| आइतवार, कार्तिक २२, २०८३

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

दरांैंदी ः विश्वकप क्रिकेटको टूफी नेपाल ल्याइएको छ । टूफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको टूफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो ।
टूफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार टूफीलाई शनिबार विहान पोखरा लगिने छ । पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्