| आइतवार, कार्तिक २२, २०८३

ट्रकको ठक्करबाट बुंकोटका हजुरआमा र नातिको मृत्यु

दरौंदी समाचारदाता : काठमाडौको तार्केश्वर नगरपालिकामा रहेको लोलाङमा टूकको ठक्करबाट गोरखाका दुईजनाको मृत्यु भएको छ ।
ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा गोरखा शहिदलखन गाउँपालिका ७, घर भएकी ६२ वर्षीया तिलकुमारी तिवारी र उनका ४ वर्षका नाति अजित तिवारीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट तिलाकुमारीको घटनास्थलमै र बालकको भने उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएकी गोरखाकी ७० वर्षकी साबित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान १० बजे ना ६ ख ७८ २६ नम्बरको ट्रकले पैदल हिँडिरहेका तीनै जनालाई एकैसाथ ठक्कर दिएको थियो । बुंकोट घर भएका उनिहरु तारकेश्वर नगरपालिका ५ मा डेरा गरि बस्दै आएका थिए । ’ंकोट घर भएका उनीहरु तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा डेरा गरी बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्