| मङ्लबार, कार्तिक २४, २०८३

बिस्तारित सेवाको गुणस्तरमा पनि ध्यान देउ

कुनै समय ’रिफर सेन्टर’ को ट्याग भिरेको प्रदेश अस्पताल गोरखाले पछिल्ला वर्षहरूमा आफ्नो सेवामा जुन गुणात्मक फड्को मारेको छ, त्यो प्रशंसनीय छ । सामान्य उपचारका लागि पनि ठुला शहर धाउनुपर्ने बाध्यताबाट जिल्लावासीले मुक्ति पाएको त्यति धेरै समय भएको छैन ।

भौतिक संरचनाले नयाँ स्वरुप पाएसँगै अस्पतालको सेवाले पनि फड्को मा¥यो । दक्ष जनशक्तिको साथ र नयाँ उपकरणको उपलब्धताले अस्पतालको सेवा प्रभावकारी बनाउन थप मद्दत पु¥यायो । अस्पतालको भौतिक पूर्वाधारमा भएको विकास, उपकरणको उपलब्धता र दक्ष जनशक्तिको व्यवस्थापनले सरकारी स्वास्थ्य संस्थाप्रतिको जनविश्वास फेरि जगाएको देखिन्छ । आजभोली अस्पतालमा देखिएको सेवाग्राहीको चापले अस्पतालको प्रभावकारी सेवा झल्काउँछ ।

आवश्यकता अनुसार अस्पतालले सेवा थप गर्दै लगेको छ, जुन स¥हानीय छ । केही दिनअघिबाट मात्रै इन्डोस्कोपी सेवा सुरु भएको छ । बिरामीले अब महंगो खर्च गरी ठूला सहरतिर धाउनु नपर्ने भएको छ । त्यति मात्र होइन बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरिएको छ । यसअघि दश बजेबाट ओपीडि सेवा सुरु हुन्थ्यो । थप दुई घण्टा बिस्तार गरिएको उक्त सेवाका कारण धेरै संख्यामा बिरामी लाभान्वित हुनेमा दुइ मत छैन ।

हाडजोर्नी, स्त्रीरोग, बालरोग र जनरल सर्जरी जस्ता क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूको उपलब्धताले जटिल शल्यक्रियाहरू जिल्लामै सम्भव भएका छन् । अत्याधुनिक भिडियो एक्सरे, ल्याब सुविधाहरू र डायलासिस सेवाको सुरुवातले बिरामीको समय र खर्च दुवै बचाएको छ ।

यद्यपि, यो सुधारको यात्रा यतिमै रोकिनु हुँदैन । बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै शैया थप गर्ने, थप विशेषज्ञ सेवाहरू विस्तार गर्ने र आकस्मिक सेवालाई अझ प्रभावकारी बनाउने चुनौती अझै बाँकी नै छ । अस्पताल व्यवस्थापन समिति, प्रदेश सरकार र स्थानीय तहबीचको समन्वयलाई अझ मजबुत बनाउन सके गोरखा अस्पताललाई एक नमुना प्रादेशिक अस्पतालको रूपमा स्थापित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्