| शुक्रबार, बैशाख ३, २०८३

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो ।

उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ ।

राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्