
लियोको खुल्ला दौड प्रतियोगितामा रन्जित प्रथम
संविधान दिवस २०७५ को अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा गोरखा नारेश्वरका रन्जित अधिकारी पहिलो भएका छन् । निर्धारित चार किलोमिटर दुरी १९ मिनेट १५ सेकेन्डमा पार गरी अधिकारी पहिलो भएका हुन् । त्यस्तै २० मिनेट ३३ सेकेन्डमा निर्धारित दुरी पार गर्ने नेपाली सेनाका जवान दिनेश गुरुङ दोस्रो भएका छन् । गोनपाका बिश्वास सिर्मल २० मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका छन् । 
प्रतियोगितामा सहभागी एकमात्र महिला प्रतियोगी पबित्रा बयलकोटीले पनि २७ मिनेटमा ४ किलो मिटरको दौड पूरा गरेकी थिइन् ।
बिहान ७ बजे लक्ष्मीबजार स्थित लियो प्रतीक्षालयबाट सुरु गरिएको दौड प्रतियोगिता जम्मा ४ किमिको दुरीमा गोर्खा स्थित बसपार्क लाई अन्तिम बिन्दु तोकिएको थियो ।
लियो क्लव अफ गोरखा र नेपाल च्याम्बर अफ कमर्शको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने अधिकारीलाई नगद रु. ५ हजार सहित मेडल प्रमाण पत्र, दोस्रो हुने गुरुङ्गलाई नगद ३ हजार सहित मेडल प्रमाणपत्र र तृतीय हुने सिर्मललाई नगद रु. १५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक लियो क्लबका अध्यक्ष लियो यम बहादुर बसेलले जानकारी गराउनु भयो । 




