
गोरखा ५ को चुनावमा निर्वाचन आचार संहिताको ख्याल गरौँ
गोरखा नगरपालिका ५ को रिक्त वडाअध्यक्ष पदका लागि आउँदो आइतबार उपनिर्वाचन हुँदैछ । एउटा पदका लागि १० जनाले उम्मेद्वारी दिएका छन् । उनीहरुमध्य अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।
उम्मेद्वारी फिर्ता लिएपछि उनले कसलाई समर्थन गरे भन्ने बारेमा सुरुमा अन्यौलता थियो ।
माओवादीले आफ्ना उम्मेद्वारलाई सहयोग गरेको भनेर विज्ञप्ति जारी ग¥यो । लगत्तै एमालेले उनले माओवादीलाई नभै एमालेलाई समर्थन गरेको दाबी ग¥यो । अहिले सबै उम्मेद्वार, उनका मातृपार्टी, भातृ संगठनहरु चुनाव प्रचारमा व्यस्त छन् । निर्वाचन आयोगले उम्मेद्वार, उनका मातृपार्टी, भातृ संगठन, जनप्रतिनिधिहरु, निजामती सेवाका कर्मचारी, शिक्षक प्राध्यापक आदिले के के गर्न हुने, के गर्न नहुने भन्ने बारेमा मापदण्ड(आचार संहिता) तय गरेको छ । निर्वाचन आचार संहिता २०७८ मा यस विषयमा खुलस्त पारिएको छ ।
जुलुश, आमसभा, कोणसभा, बैठक, एवं भेला गर्दा सभ्य, अनुशासित तरिकाले गर्नुपर्नेछ । जुलुस, आमसभा, प्रचार प्रसारमा भाग लिनेहरुले उम्मेद्वार संवद्ध दलको झण्डा, मतदान चिन्ह अंकित लोगो,स्टिकर अंकित टोपी, जाकेट, भेस्ट लगायतका सामग्री प्रयोग गर्न पाउने छैनन् । कुने किसिमको भित्तेलेखन गर्न पनि नपाइने, चारपाङ्ग्रे गाडी, रिक्सा, मोटरसाइकल आदि प्रयोग गरी ¥याली गर्दै चुनाव प्रचार गर्न पाइने छैन । कुनै पनि धर्मका नाम बिकाएर मत माग्न पाइनेछैन ।
कुनै राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक, जनप्रतिनिधिहरु चुनाव प्रचार प्रसार गर्दै हिँड्न पाइँदैन । ढाँट्ने, छल्ने, प्रतिस्पर्धीको दुश्प्रचार गर्ने जस्ता कार्य गर्न पनि पाइनेछैन । यी र यस्ता धेरै निर्वाचन आचार संहिता छन् । तिनको मर्यादा राखी सबैले सभ्य र सालिन ढंगले चुनाव प्रचार प्रसार गर्नुपर्छ, नकि, अमर्यादित ढंगले, अशिष्ट पाराले चुनाव प्रचार गर्नुहुदैन । तर उम्मेद्वार, उनी समर्थक कार्यकर्ताहरुले आचार संहितामा त्यति ख्याल गरेको पाइँदैन ।




