
नेपाल तमू विद्यार्थीले नगरपालिका स्तरीय वक्तृकला प्रतियोगिता आयोजना गर्ने
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींले तमू ल्होसारको पूर्व सन्ध्यामा गोरखा नगरपालिका स्तरीय वक्तृकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पश्चिम संस्कृतिले नेपाली सस्कृतिमा देखा परेका विकृतिबाट जोगाउन उक्त प्रतियोगिता आयोजना गरिएको सचिब मोहन गुरुङले जनाकारी दिए ।
आगमी पुष ११ गतेका दिन ‘संस्कार सस्कृतिमा भित्रिएको विकृति, नियन्त्रणमा हाम्रो जिम्मेवारी’ भन्ने शिर्षकमा हुने उनले बताए । प्रतियोगितामा नगरपालिका भित्रका कक्षा १० सम्म विद्यार्थीले मात्र सहभागी हुन पाउने छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले रु ५ हजार, द्धितीय हुनेले रु ३ हजार र तृतिया हुनेले रु २ हजार तथा २ वटा सन्त्वना स्थान प्राप्त गरेकालाई रु १ हजार सहित प्रमाण पत्र प्रदान गरिने जनाएको छ ।
प्रतियोगिता तमू ह्यूल छोज धीं सचिवालयको भवनमा हुनेछ ।
यस्तै १४ गते विभिन्न खेलकुद तथा १५ गते विबिध सस्कृत कार्यक्रम गरि ल्होसार मनाइने सचिव गुरुङले जानकारी दिए ।





