| सोमवार, कार्तिक २३, २०८३

राहदानीको काम दुई सिफ्टमा गर्नुको अन्तर्य

‘तपाइँको जीत’ ग्रन्थका श्रष्टा शिव खेरा भन्छन्, उस्तै काम सबैले गर्छन्, तर जसले उही काम फरक ढंगले गर्छ, उ सफल हुन्छ ।

सबै कार्यालय प्रमुखहरु काम गर्नकै लागि खटिएका हुन्छन्, तर कतिपय कार्यालय प्रमुखहरु चुस्त दुरुस्त काम गर्न पनि सक्दैनन्, जान्दैनन् । आलोचकले काम गर्न नसकेको, नजानेको भनेर आलोचना गरे भने रिसाउँछन् पनि ।
तर कतिपय कार्यालय प्रमुख काम गर्न सफल हुन्छन् । यदि कुनै काममा सफलता मिलेन र कसैले आलोचना ग¥यो भने कार्यशैली परिवर्तन गरी त्यस काम सम्पन्न गर्न प्रतिवद्ध हुन्छन् ।

जिल्ला प्रशासन कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय पत्र बनाउने काम यति झञ्झटिलो र महंगो भयो कि त्यसको आलोचना गरेर बर्ष बित्यो । राष्ट्रिय परिचयपत्र बनाउन बिहान पाँचबजेदेखि लाइन बस्न आउँथे । राहदानी बनाउनेहरु छिटो डेट लिन हजारौँ खर्च गर्थे । यस्ता विकृतिको सेवाग्राहीले मात्र आलोचना गरेनन्, सेवाग्राहीको सास्ती नजिकबाट देख्नेहरुले पनि धेरै मन कुँड्याए ।

सेवाग्राही तथा सेवाग्राहीका सास्ती देख्ने शुभेच्छुक, शुभचिन्तकहरुले समस्या समाधानका लागि विभिन्न विकल्पका बारेमा पनि राय सुझाव दिएका थिए । चितवन जिल्ला प्रशासन कार्यालयमा दुई सिफ्टमा काम भएको उदाहरण पेश गरेका थिए । तथापि सुनुवाइ नगरी सेवाग्राहीलाई ‘बिस्कुन’ बनाउने काम भएको अबस्था थियो ।

अहिले सेवाग्राहीको सास्तीलाई मध्यनजर गरी दुई सिफ्टमा काम गर्ने प्रवन्ध मिलाइएको छ । यो धेरै प्रसंसनीय कार्य हो । यसले विदेशमा गएर सास्ती त पाउनु नै छ, स्वदेशमा राहदानी बनाउनै पनि सास्ती पाउनु पर्ने दुखद अबस्थाबाट पक्कै पनि मुक्ति दिनेछ भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्