| आइतवार, कार्तिक २२, २०८३

धनकुटालगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे अासाम बनगाई गाँउ अासपास रहेकाे राष्ट्रिय भूकम्पमापन केन्द्रका सिस्माेलाेजिष्ट भरत काेइरालाले बताए । पूर्वका धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लामाधक्का महसुस गरिएको थियो।भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

रोकिएन भूकम्प, आज धादिङ केन्द्रबिन्दु भएर ४.१ को पराकम्प

काठमाडौं : धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई बिहिबार पुनः गोरखा भूकम्पको परकम्प गएको छ। बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन्

प्रतिक्रिया दिनुहोस्