
अफगानिस्तानको जलालाबादमा रहस्यमय रूपमा नदीमा भेटिन थाले लाश
अफगानिस्तानमा तालिबानले शान्ति ल्याउने प्रतिज्ञा गरेको भए पनि हिंसा जारी छ ।
पूर्वी क्षेत्रमा रहेको शहर जलालाबादमा इस्लामिक स्टेट समूहको आक्रमण र प्रत्याक्रमण बढेपछि लाशहरू नदीमा रहस्यमय रूपमा भेटिन थालेका छन् ।
नानगारहार प्रान्तमा साँझ परेपछि मानिसहरू रात पर्नुअघि नै हतारहतार घरतिर जाने गरेका छन् । उनीहरूलाई आईएसको आक्रमण तथा तालिबानको प्रत्याक्रमणको चिन्ता छ ।
कुनै बेलामा अफगानिस्तानमा किनारमा रहेको समूह आईएस सन् २०२० बाट बढी सक्रिय छ । त्यो वर्ष तालिबान र अमेरिकाबीच विदेशी सैनिकहरू फिर्ता लैजाने विषयमा सहमति बनेको थियो ।
पश्चिमसँग कुनै पनि सम्झौता गर्न नहुने माग राख्ने आईएसका दुई हजारदेखि चार हजार लडाकूहरू रहेको बताइन्छ । तालिबानका ८० हजार लडाकू छन् ।
तालिबानले अफगानिस्तानबाट विदेशी शक्तिहरू हटाउने लक्ष्इ लिएको छ भने आईएस चाहिँ टर्कीदेखि पाकिस्तानसम्म इस्लामिक क्यालिफेट बनाउन चाहन्छ ।
जलालाबादमा सज्जाद नामक तालिबान नेताले आफूहरूमाथि आईएसका लडाकूले कालास्निकोभ वा पिस्तोलसहित आक्रमण गर्ने गरेको बताए ।
तालिबानले गोप्य रूपमा शत्रुहरूलाई सिध्याउने गरेको आरोप छ । नानहारगारमा आईएसका ५० सदस्य सहित कम्तीमा ७२ जनाको हत्या तालिबानले गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
जलालाबादको एक नहरमा लाशहरू भेटिएपछि विभिन्न शंका उपशंका गरिएका छन् ।
copid form : https://lokaantar.com/story/169379/2022/1/21/international/afghanistan




